detail-img

गठबन्धन सरकारले रोक्यो गौरादहका १८ वटा ठुला योजना

झापाको गौरादह नगरपालिकामा गठबन्धनको सरकार बने देखि १८ वटा योजना रोकिएका छन् । ती मध्ये ठेक्का लागेका योजना धेरै छन् ।
बिगतमा नेकपा एमालेका सरकार हुँदा स्वीकृत भएका र ठेक्काको प्रकृयामा गएका योजनाको काम समेत रोकिएको हो । गौरादहमा मात्रै १८ वटा सडक र पुलका योजनाहरु अलपत्र बनेका हुन् ।
स्वीकृत भएर काटिएका सडक योजना
१.गौरादह वडा नम्बर ४ र ५ जोरघरे देखि देवी मार्ग हुदै रंगपुर पुग्ने सडक कालोपत्रे
२. स्कूलचौन डोरामारी बनियाँ टोली सडक कालोपत्रे
३. खरेल डाँडा बरगाछी गौरीगञ्ज सडक
४ फकिरटिप दामुना सडक
डिपीआर सम्पन्न भइ माटो जाँच सम्पन्न भएका तर ठेक्का लाग्न रोकिएका पुलहरु
१ रतुवा खोला पुल गौरादह ६ तेलिया डागीँ सिजुवा
२. रतुवा खोला पुल वडा नम्बर ५ चप्रामारी, झुनाबारी
३. चान्दु खोला पुल वडा नम्बर ५ बालुबथान हरिनगरा
४. चान्दु खोला पुल वडा नम्बर ५ डाकमान पूर्वको पुल
५.चान्दुर खोला पुल वडा नम्बर ५ राई गाउँ पश्चिम
६. गेउरिया खोला पुल गौरादह १ र कमल ७ रंगपुर जोड्ने

ठेक्का लागेर बजेट रोकिएका सडकहरुः
१. कोहबरा ग्वालडुब्बा र्बैगुन्धुरा महाभरा सडक
२.चिया दोकाना सेतुमारी गौरादह सडक
३. गुराँस चौक, मजुवा डोरामारी चप्रामारी सडक
४ शनिश्चरे कोहबरा, महारानीझोडा, गौरादह, पाँचगाछी सडक
५.सितापुरी रंगपुर मियाटोली सडक
सर्भे, डिपीआर, एडीबीबाट वातावरण प्रभाव मुल्यांकन, सार्वजानिक सुनुवाई, जग्गाधनीको मन्जुरी भइ ठेक्का लाग्न रोकिएका सडक योजना
१. सितापुरी रंगपुर स्कुलचौन, स्वामी चौक, चप्रामारी, दामुना खजुरगाछी सडक २१ किलोमिटर गौरादह ५ र ६
२ अर्जुनदेव राईको घरदेखि गौरादह दहलु ठकठके ठेकीटोला सडक २१ किलोमिटर गौरादह १, २ र ७
३. चान्दु भद्रकाली कोहबरा, दामुना, सिङगाडुब्बा, हुलाकी मार्ग सडक १८.५० किलोमिटर गौरादह ५ र ६
४. खरेल डाँडा, बरगाछी, दुधाली, जोरपोल, गौरीगञ्ज सडक १४ किमी गौरादह ३, ७ र ८